लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिवाट आम्दा कोरोना अस्पताललाइ सवा एकलाख सहयोग

IMG

जेष्ठ १६ गते आइतबार २०७८ तिलोत्तमा सिटी। दोस्रो चरणको भेरियन्टले दिनहुँ जसो मानिसहरूको मृत्युवरण भइरहेका वेला सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलले निःशुल्क उपचार कार्य गर्दै आएको छ। उपचारमा कुनै वर्ग विशेषलाई मात्रै भनेर निःशुल्क उपचार चलाइएको भने छैन। विशेष गरी दैनिक ज्याला मजदुरी गरेर खाने विपन्नहरूको लागि स्वास्थ्य उपचार कार्यमा राहत होस् भन्ने उद्देश्यले निःशुल्क उपचार कार्य सञ्चालन गरिएको सो अस्पताल स्रोतले जनाएको छ। संस्थागत रूपमा सञ्चालन हुँदै आएको उक्त अस्पताल वाल तथा महिलाहरूको लागि विशेष मानिन्छ।भेरियन्टबाट बाँच्नका लागि गरिएको निषेधाज्ञाले आम नागरिक यती वेला निकै समस्यामा पर्दै आएका छन्। गरिखाने उद्योग लगायत क्षेत्र बन्द हुन पुगेपछि नागरिक स्वास्थ्य उपचारको अझ चपेटामा परेका छन्। यसै, सन्दर्भलाई जोड्दै बुटवल उद्योग वाणिज्य सङ्घ अन्तर्गत वस्तुगत कस्मेटिक एवं गिफ्ट समितिले आम्दा अस्पताले सञ्चालन गर्दै आएको निःशुल्क उपचारका लागि केही रकम सहयोग गरेको छ। 



कस्मेटिक तथा गिफ्ट बस्तुगत समिति उद्योग बाणिज्य संघ बुटवल रुपन्देहीले स्वास्थ्य सामाग्री खरिद तथा बिरामीको सेवाका लागि भन्दै रु:१ लाख २५ हजार १ रुपैयाँ आम्दा कोरोना अस्पताललाइ सहयोग गरेको छ। बुटवल उद्योग बाणिज्य संघ बस्तुगत समिती अन्तर्गत रहेको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितीद्वारा उद्योग बाणिज्य संघकै पहलमा सन्चालन भैरहेको आम्दा कोरोना अस्पतालको लागि सो सहयोग रहेको समितिका प्रथम उपाध्यक्ष बिष्णु प्रसाद उपाध्यायले बताउनुभयो।  समितिका केहि पदाधिकारी तथा सदस्यको उपस्थितिमा उद्योग बाणिज्य संघ बुटवल रुपन्देहीका अध्यक्ष उज्जवल कसजुलाई सो चेक हस्तान्तरण गरिएको उपाध्यायको भनाइ छ।  सो कोरोना अस्पतालको लागि विभिन्न सामाजिक संघ सस्थाले सहयोग गर्दै आएका छन्।  कोरोना संक्रमितको संख्या घट्दै जाने क्रममा रहेकोले पनि अहिले शुरुमा जस्तो अक्सिजनको कमि तथा बिरामीले बेड नपाएर ज्यान गुमाउनु पर्ने अवस्था नरहेको बिष्णु प्रसाद उपाध्यक्ष उपाध्यायले बताउनुभयो। 


हाल १० वटा जनरल वार्ड र १० वटा एचडिईउ वार्ड रहेको आम्दामा कोभिड१९ वाट सङ्क्रमण रहेका नागरिकहरूको उपचारमा सहजता ल्याउन आइसियु वार्ड सञ्चालन गर्नका लागि १ लाख २५ हजार १ रुपैयाँ बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजुलाई वस्तुगत समितिका अध्यक्ष अलिम दिनले आइतबार हस्तान्तरण गरेका छन। सहयोग प्रदान गर्दै, अध्यक्ष अलिमले भने, आम्दामा सञ्चालन भएको निःशुल्क उपचार कार्यका लागि हाम्रो थोरै सहयोगले आइसियु कक्ष सञ्चालनमा टेवा पुगोस्। हामी चाहान्छौं, निःशुल्क उपचार विशेष गरी गरिबी परिवारको सहयोगी बनोस्।यस्तै, सहयोग प्रदान गर्दै, सङ्घका अध्यक्ष कसजुले, वस्तुगत समितिले दिएको आर्थिक सहयोग आम्दा अस्पताललाई आईसियिु कक्ष निर्माणका लागि हस्तान्तरण गर्ने जनाउँदै, निजी क्षेत्रको एउटा संस्थाले मानव स्वास्थ्य उपचारको लागि भन्दै सहयोग जुटाउनु मानवीयताको धर्म निभाएको बताए।

कमेन्ट गर्नुहोस्