
जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।आगामी साउन १ देखि लागुहुनेगरि उनीहरुको बर्षमा २४ हजार तलब वृृद्धि भएको हाे । आर्थिक वर्ष २०७८-७९ का सरकारले निजामती कर्मचारीको तलव बढाउने निर्णय गरेको छ । कोरोना महामारीका बीच कर्मचारीको मनोबल बढाउन उक्त निर्णय लिएको अर्थमन्त्री विष्णु पौडेले जानकारी दिए ।यसअघि सरकारले आर्थिक वर्ष २०७६-७७ मा सरकारी कर्मचारीको तलब बढाएको थियो । सो वर्ष नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलव बढाउने घोषणा भएको थियो ।
कमेन्ट गर्नुहोस्