लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोरोनाबिमा बापतको सम्पुर्ण रकम कोरोना प्रभावितको लागि खर्च गर्छु : युवा प्रकाश गौतम

IMG

जेष्ठ १५ गते शनिबार २०७८ तिलोत्तमा सिटी। समाजसेवा गर्न चाहनेहरुका लागि बाटो अनेकौ छन, तर त्यो बाटो हामीले हिड्न सक्नु पर्छ। अझ यो विपत्तिका बेला झनै सबैको जिबन कष्टकर छ यहा चुनौती र अवसर दुवै छन्। तर मनले चाहेर मात्र समाजसेवा गर्न सकिदैन त्यति चानेचुने बिषय पनि होइन।  आफु २० दिन सम्म कोरोनाको युद्ध मा होमिएर कोरोनासनगको लडाइमा जित हासिल गर्नु अहिलेको दोश्रो र तेस्रो भेरियण्टसम्म आउदा निकै कठिन थियो। तरपनि यस महामारीका बीच आफुलाई आत्मबल बढाएरै निको बनाउन सफल युवा तिलोत्तमा-५ निवासी प्रकाश गौतम अहिले निको भएका छन्। 



प्रतिष्ठित बिमा कम्पनीमा कार्यरत गौतमले आफु निको हुने बित्तिकै कोरोना बिमा बापतको पुरै रकम समाजसेवामा समर्पित गर्ने घोषणा गरेका छन्। बिमा भन्ना साथ भबिस्यमा आईपर्ने आर्थिक कठिनाइसंग जुध्ने गतिलो र भरपर्दो माध्यमको रुपमा बुझ्ने गरिन्छ। कोरोना लागेर आइसुलेसनमा घर अथवा अस्पतालमा बस्दा हुने खर्चलाई ब्यबस्थापन गर्न सहज होस भनेर नै कोरोना बिमा गर्ने गरिन्छ। कोरोना लागिसके पछि केही समय काम तथा ब्यबसायलाई निरन्तरता दिन सकिँदैन साथै उपचार तथा नियमित पौस्टिक आहारको लागि कैयौं रकम खर्च हुने गर्दछ। त्यसैको भरीपुर्तिको लागि यदि कोरोना बिमा गरेको छ भने पिसिआर पोजेटिभ रिपोर्ट आएमा बिमालेखको अधिनमा रहि बिमा कम्पनीले दाबी भुक्तानी दिने गर्दछ।  तर त्यही रकम पनि समाजमा रहेका अति बिपन्न कोरोना प्रभावितहरुलाई दिन्छु भन्नू उदाहरणीय काम हो। यो पुन्यको काम गर्दै छन सानिमा लाइफ इन्स्योरेन्स बुटवलका शाखा प्रबन्धक तिलोत्तमा-५ निवासी प्रकाश गौतमले। 


उर्जासिल समयमै रोटर्याक्ट, लायन्स, रोटरी, जेसिज जस्ता अन्तरास्ट्रिय सस्थांको नेतृत्व गरि सकेका गौतम समाजसेवा मार्फत राजनीतिमा पनि उत्तिकै चासो राख्छन। काम गर्ने तर सस्तो लोकप्रीयतामा त्यति बिश्वास नराख्ने गौतमले यो माहामारिको समयमा जसले जहाँबाट जसरी सक्छ त्यसरी सहयोग अदानप्रदान गर्नु मानवको धर्म भएको बताउदछन। २० दिनको होम आइसुलेसनमा रहंदा मानसिक रुपमा अत्यन्तै पीडा हुदाहुदै पनि परिवार, इस्टमित्र र शुभेच्छुकको आशीर्वाद र स्नेहले आत्मबल बढ्ने गरेको बताए। सुरुका केहिदिन मनमा अनेक तर्कबितर्क खेल्ने र  शारिरिक रुपमा पनि कमजोर महसुस हुने भएकाले योगा,ध्यान विभिन्न पुस्तकहरुको अध्ययन तथा खानपान र सरसफाईमा विशेष ध्यान दिए यस रोगमाथी सहज जित हासिल गर्न सकिने उनको अनुभवले बताउछ। पौस्टिक आहार, सकारात्मक सोच र आत्मबल नै यो रोगको प्रारम्भिक औषधी रहेको उनी बताउछन।


सहयोग सानो ठुलो जस्तो भएपनि मनै देखि गर्नुपर्ने उनको भनाइ छ । आफुले बिमा बापत पाउने रकम रु. १ लाखलाइ समाजसेवामा लगाउने उनको घोषणासंगै कोहि कसैले यो निषेधाज्ञाको बिचमा चुल्हो नबलेको या कुनै अफ्ठ्यारो परेमा आफुलाई सम्पर्क समेत गर्न सुझाएका छन्। महामारीका बेला कोरोनालाई खेलबाड नगरी स्वास्थ्य मापदण्ड अपनाई घरमै सुरक्षित रहन गौतमले आग्रह गरेका छन्।  उनले कोहि कोरोना संक्रमित हुदैमा मृत्युको मुखमा नपर्ने हुदा यसबाट त्रसित हुन आवश्यक नरहेको बताएका छन्।  घरमा संक्रमित भएपनि स्वास्थ्य मापदण्ड पुरा गरेर बिरामीको सेवामा लाग्ने र उसलाई अरु बेला भन्दा बढी खानपानमा समय दिने र खुवाउने गरेमा भाइरसलाइ परास्त गर्ने भनेको आत्मबल र खानपानले भएको उनले बताए।  

कमेन्ट गर्नुहोस्