लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

४ वर्षिय बालिकामाथि जर्वजस्ती करणी गरेको आरोपमा हेमलाल पक्राउ

IMG

जेष्ठ १३ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको कञ्चन गाँउपालिका–४ बुद्धनगर सामुदायिक टोलकी एक ४ वर्षिय नाबालिका माथि जर्बजस्ती करणी गरिएको छ। कञ्चन ४ बुद्धनगर सामुदायिक टोलकै ५३ वर्षिय हेमलाल गन्धर्वले जर्वजस्ती करणी गरेको रुपन्देही प्रहरीले जनाएको छ । घटना जेठ ११ गते दिउँसो एक बजेको हो । बालिकाका आमा बुबा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले ती बालिकामाथि करणी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले  बताए ।


डीएसपी थापाका अनुसार गन्धर्वले जर्वजस्ती गरेर छाडेपछि खेतमा काम गर्न गएका आमा बुवा आएपछि बालिकाले घटनाबारे जानकारी दिएकी थिइन् । बालिकाले आमासंग पिसाब फेर्ने ठाउँमा दुख्यो भनेपछि परिवारका सदस्यले घटनाबारे जानकारी लिएको र प्रहरीलाई खबर गरेको थापाले जानकारी दिए ।बालिकाको यौनाङको वरीपरी रातो भएको र सामान्य चोट लागेको प्रहरीको भनाइ छ ।  बालिकाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल जाँच तथा उपचारपछि घर फर्काइएको प्रहरीको भनाइ छ ।  करणी गर्ने गन्धर्ब माथि जर्वजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्