
जेष्ठ १३ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा पछिल्लो २४ घण्टामा अवधिमा १४४३ जनाको कोरोना परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि भएको भने ३८४जना कोरोनाबाट मुक्त भएका छन् । जिल्लामा हिजो ३०८ जनामा संक्रमित थपिएका थिए भने ४८३ संक्रमणबाट मुक्त भएका थिए ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी बुटवल उपमहानगरपालिकामा २७ जना, सिद्धार्थनगर नगरपालिकामा १८ जना अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् ।यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ९५६ पुगेको छ । जसमध्ये २२ हजार १९ जना निको भएका छन । हाल जिल्लामा ३ हजार ५३० जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्