लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

फेरी थपियो जेठ २० गतेसम्मका लागि निषेधाज्ञा

IMG

जेष्ठ १२ गते बुधबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा थप जेठको २० गतेसम्म निषेधाज्ञा गर्ने गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना जोखिम नघटेको विश्लेषण गर्दै कोभिड व्यस्थापन समितिको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।डीसीएमसीको बैठकको सिफारिसमा जेठ २० गते सम्मको लागी निषेधाज्ञा थप गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । प्रजिअ तामाङले यस अघि निर्धारण गरिएका मापदण्ड अनुसार नै निषेधाज्ञाको अवधी थप भएको जनाउँदै निषेधाज्ञालाई अझै कडाईका साथ कार्यान्वयन गराईने बताए । यस अघि संक्रामक ऐन २०२० अनुसार निषेधाज्ञा जारी गरिएकोमा थप गरिएको निषेधाज्ञामा भने कोभिड९१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अन्तर्गत कार्यान्वयन हुने तामाङले जानकारी दिए ।


नयाँ अध्यादेशमा सरकारले तोकेको निषेधाज्ञा वा कनैपनि प्रकारको आदेश उल्लंघन गरेको ६ महिना कैद र ३ लाख सम्म जरिवाना हने व्यवस्था गरिएको छ । प्रमुख जिल्ला अधिकारीले अध्यादेश बमोजिमको आदेश उल्लंघन गर्नेलाई तत्काल ब्यक्तिको हकमा १ लाख र संस्थाको हकमा २ लाख जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।थप गरिएको निषेधाज्ञामा पनि पुर्ववत शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरिएको छ ।


अति आवश्यकिय सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफुल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्