लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रतिनिधि सभा विघटनको मुद्दामा १३ र १४ गते पेशी तोकियो

IMG

जेष्ठ ११ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी शुक्रबार तोकिएको छ। सर्वोच्च अदालतको मुद्दा महाशाखाका अनुसार शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ।हरेक दिन बुधबार र शुक्रबार संवैधानिक इजलासमा दर्ता भएका निवेदनको पहिलो सुनुवाइ गरिने कार्यविधि रहेको छ। उक्त कार्यविधिअनुसार बुधबार सुनुवाइ हुनसक्ने भए पनि उक्त दिन सार्वजनिक बिदा परेकाले शुक्रबारलाई पेशी तोकिएको हो।मुद्दा महाशाखाका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको छ । त्यस्तै, संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।संसद विघटन असंवैधानिक र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।




पूर्वसभामुखहरुले भने- ‘प्रतिनिधि सभा विघटन असंवैधानिक’

 पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी पूर्वसभामुखहरुले प्रतिनिधिसभा विघटन जनताप्रति उत्तरदायी कदम नभएको ठहर गरेका हुन् । ‘जनताको प्रतिनिधि संस्थामाथि दुई–दुई पटक आक्रमण भयो, यो असंवैधानिक छ । जनताप्रति उत्तरदायी कदम होइन ।’ छलफलमा सहभागी पूर्वसभामुख ओनसरी घर्ती मगरले भनिन् । उनले परामर्शको सवालमा अरुसँग पनि छलफल गर्ने बताइन् । बैठकमा सहभागी पूर्वसभामुख रामचन्द्र पौडेलले देश संकटपूर्ण अवस्थामा रहेको बेला नै जनप्रतिनिधि सभा नभएको बताउँदै सदनबाटै निकास दिनुपर्ने बताए । ‘राजनीतिकरुपमा संकटग्रस्त अवस्थामा पुर्‍याइएको छ । देश संकटग्रस्त छ । यस्तो संकटको बेलामा प्रतिनिधिसभा छैन ।’ पौडेलले भने । सभामुख सापकोटाले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार भएको बताएका छन् ।  बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी थिए भने सुवास नेम्वाङ गएनन् । 

कमेन्ट गर्नुहोस्