लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबा सुरुङ्ग मार्गका लागि टेण्डर आह्वान

IMG

बहुचर्चित तथा आलोचित सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पाको सिद्धबाबा खण्ड कुहिरेभीरमा सुरुङ्ग निर्माण हुने भएको छ । सुरुङ निर्माणका लागि सडक विभागले बोलपत्र आह्वान गरेको छ । पहिरोका कारण निकै जोखिम उक्त क्षेत्रमा वर्षेनी धेरैले ज्यान गुमाउँदै आएका छन् । सुरुङ्ग बनाउन आइतबार बोलपत्र आह्वान भएको हो । ०७१ सालदेखि बजेट बिनियोजन भए पनि सुरुङ्ग बन्नेमा विश्वस्त आधार थिएन । बोलबपत्र आह्वानसँगै अव भने निर्माण प्रक्रिया अगाडि बढ्दैछ । अर्थमन्त्रालयले स्विकृति दिएको १० अर्ब १५ करोडको सीमाभित्र रहेर निर्माण गर्नका लागि टेण्डर आह्वान भएको हो । अर्थमन्त्री विष्णु पौडेलले आफू पहिलो पटक अर्थमन्त्री हुँदा सिद्धबाबामा सुरुङ्गमार्ग बनाउने योजना अघि बढाएका थिए । अहिलेको कार्यकालमा त्यसलाई मुर्तरुप दिन थालेका हुन् ।


सिद्धबाबाको जोखिम क्षेत्रलाई सुरक्षित बनाउन सुरुङ्ग मार्गसहित अन्य किसिमका योजना तय गरिएका छन् । ५ वर्षभित्र सुरुङ्ग निर्माणको काम सक्ने योजना रहेको सडक विभागका उपमहानिर्देशक विजय जैशीले बताएका छन् । सुरुङ्ग मार्गको प्रवेश विन्दु र अन्तिम बिन्दुमा भने रकनेट र रकसेट बिधिबाट पहिरो व्यवस्थापनको काम हुने उनले बताए । सिद्धबाबा क्षेत्रमा सडक विभागले सुरुङ्ग मार्ग निर्माणका लागि टेण्डर आह्वान गरेको हो । डबल लेनको सुरुङ्ग निर्माणका लागि टेण्डर आह्वान भएको हो । यो सुरुङ्ग निर्माण ५ वर्षभित्र सक्ने योजनासहित निर्माण कम्पनीको खोजी भएको हो।


सिद्धवावामा सुरुङ्ग बनाउने विषयलाई अर्थमन्त्री पौडेलले विशेष जोड दिदै आएका थिए । हाल पहिरोले अत्याधिक जोखिम क्षेत्र रहेको क्षेत्रमा ११ सय २६ मिटरको सुरुङ्ग बन्नेछ । अन्य स्थानमा ढुंगा नखस्ने प्रविधि अपनाइनेछ । करिव ३ किलोमिटर क्षेत्र सुरक्षित बनाउने काम सडक विभागले गर्न लागेको हो ।सुरुङ्ग निर्माणपछि पनि अहिलेको सडक कायमै हुनेछ । जसलाई आपतकालीन अवस्थामा सवारीसाधन चलाउन प्रयोग गरिनेछ । जसको माथिबाट पहिरो झर्न नदिन रकसेट प्रबिधि अपनाइने उपमहानिर्देशक जैसीले जानकारी दिए । सडक बिभागले ४५ दिने बोलपत्र आह्वान गरेको छ । अनुभवी कम्पनीले मात्रै सुरुङ्ग निर्माणका लागि टेण्डर दाखिला गर्नेछन् ।

कमेन्ट गर्नुहोस्