
जेष्ठ ८ गते शनिबार २०७८ तिलोत्तमा सिटी। नेपाली काङ्ग्रेस रुपन्देहीले राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्रपुर्ण रुमा मध्यरातमा ससद बिघटन गरि असबैधानिक कदम चालेको भन्दै सो को बिरोध गरेको छ । संविधान अनुसार बिस्वासको मत लिन नसक्ने र राजिनामा पनि नदिइ प्रधानमन्त्रीले पुनःसोही पदकोलागी दाबी गर्न नमिल्ने र त्यस्तो दाबिलाइ अस्विकृत गर्नु पर्नेमा राष्ट्रपतिले उल्टै त्यस्तो दाबिलाइ स्वीकृत गर्नु मिलेमतो र षडयन्त्र भएको ठहर काङ्ग्रेस रुपन्देहीले गरेको छ । सभापति अब्दुल रज्जाकद्वारा शनिबार जारी विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक मात्र नभएर अनैतिक काम गरेको उल्लेख छ ।
संविधानको मर्म अनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने प्रस्ट अवस्था रहेको भन्दै उनले गैरसंवैधानिक दाबीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य राष्ट्रपतिबाट हुनु गभिर सबैधानिक उल्लंघन भएको उनले बताए । प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिस गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, दाबी नै गर्न नमिल्ने ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी मात्र नभई जनता कोरोना महामारिको चपेटामा परिरहेको बेला सरकारको गैरजिम्मेवारिको पराकाष्ठा समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्