लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उपनिर्वाचनमा बादललाई मत नदिने १४ जनासँग स्पष्टीकरण मागियो

IMG

जेष्ठ ८ गते शनिबार २०७८ तिलोत्तमा सिटी। नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिएको भन्दै बैठकले नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले पार्टीको निर्णय विपरित नेकपा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई मत नदिएको र पार्टीको निर्णय विपरित काम गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।


बैठकले उनीहरुलाई आइतबार साँझ ५ बजे भित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । स्पष्टीकरणमा पर्नेमा अष्टलक्ष्मी शाक्य, अरुण नेपाल, राजेन्द्र पाण्डेसहित रचना खड्का , कुसुम कार्की, मुनु सिग्देल, बसुन्धारा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, बसन्त मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मिना ज्ञवाली रहेका छन् । निर्धारित समयमा पनि उचित स्पष्टीकरण पेश नगरे पार्टीले आवश्यक कारवाही प्रकृया अगाडि बढाउने प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए ।त्यस्तै बैठकले प्रदेश सरकारले हालसम्म कोरोना नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै थप क्रियाशिल भइ प्रदेशमा कोरोना नियन्त्रणमा लाग्न अनुरोध गरेको छ । बैठकले कोरोनाका कारण मृत्यु भएका प्रदेशसभा सदस्य पशुपति प्रसाद चौलागाईंको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ । 

कमेन्ट गर्नुहोस्