
जेष्ठ ६ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। केही दिनदेखि रुपन्देहीमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या कमी हुदै आएको छ । जिल्लामा पछिल्लोे २४ घण्टाको अवधिमा १ हजार १८५ जनाको कोरोना परीक्षण गर्दा २९४ जनामा संक्रमण पुष्टि भएको छ । यो परीक्षणको करिब २५ प्रतिशत हो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै ९० जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि तिलोत्तमामा ६९ जना, सिद्धार्थनगर नगरपालिकामा २४ जना, देवदह नगरपालिकामा २३ जना, सैनामैना नगरपालिकामा ५६ जना, कञ्चन गाउँपालिकामा ७ जनामा, ओमसतिया गाउँपालिकामा ६ जना, सियारी गाउँपालिकामा ५ जना, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, कोटहीमाई गाउँपालिका, गैडहवा गाउँपालिका र रोहिणी गाउँपालिकामा २/२ जनामा र मर्चवारी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २४ हजार ३१२ पुगेको छ । जसमध्ये १८ हजार २३८ जना निको भएका छन भने पछिल्लो २४ घण्टामा ४८६ जना संक्रमित निको भएका छन् । हाल जिल्लामा ५ हजार ६९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।यस्तै पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३८१ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बैशाख ३० गते जिल्लामा १२ सय ९७ जनाको परीक्षण गर्दा ४९४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बैशाख ३१ गते ५१४, जेठ १ गते ४८६, जेठ २ गते ३९४, जेठ ३ गते ३७७ र जेठ ४ गते ३६१ र हिजो ३०९ जनामा कोरोना संक्रमण देखिएको थियो ।
कमेन्ट गर्नुहोस्