लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सेवामा अग्रसर हुदै ‘घरघरमा हामी’ देखि विभिन्न सामाजिक सस्थाहरु

IMG

जेष्ठ ६ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। रूपन्देहीमा विभिन्न व्यक्ति र संस्थाले मानवीय सेवालाई निरन्तरता दिइरहेका छन् । जिल्लामा संक्रमण व्यापक भएकाले अस्पतालमा शय्या खाली छैनन् । अक्सिजन अभाव छ । निषेधाज्ञाले सर्वसाधारणलाई छाक जुटाउन समस्या परिरहेको छ । यस्ता समस्यामा सघाउन बुटवलमा युवाको समूह सक्रिय छ । ‘घरघरमा हामी’ अभियान एक वर्षअघि सुरु गरिएको थियो । पहिलो लहरमा मानवीय सेवा गरेको यो समूह अहिले पनि दिनरात खटिरहेको छ । यो अभियानमा शिव डुम्रेको संयोजकत्वमा नौ युवा खटिएका छन् । ‘यो अभियान कोरोनाले जन्माएको हो,’ डुम्रेले भने, ‘बिरामी र विपन्नको मुहारमा हाँसो फर्काउन डटिरहेका छौं ।’सामाजिक सञ्जाल फेसबुकमा पेज रहेको र त्यसमै आह्वान गरी सहयोग संकलन गरेर वितरण गरिरहेको उनले बताए । गत वर्ष यहाँबाट समन्वय गरेर मुलुकभरका दीर्घरोगलगायतका बिरामीलाई औषधि पठाउने काम गरेको उनले बताए ।



नौ दिनसम्म फुड बैंक सञ्चालन गरेर निःशुल्क खाद्य सामग्री वितरण गरेको उनले बताए । ‘प्लाज्मा संकलन गरेर काठमाडौंसम्म पठायौं,’ उनले भने, ‘संक्रमणमा कमी आएपछि रक्तदान, वृक्षरोपण कार्य गरिरहेका थियौं ।’ दोस्रो लहरमा उनीहरूले अक्सिजन आपूर्तिलाई ध्यान दिएका छन् ।अहिले अभियानका नाममा १३ वटा अक्सिजन सिलिन्डर छन् । ती सिलिन्डर घर र अस्पतालमा गम्भीर अवस्थामा रहेका बिरामीलाई उपलब्ध गराइरहेको डुम्रेले बताए । ‘चौबीसै घण्टा फोनमार्फत जिल्लाका कुन अस्पतालमा कति बेड छन्, कतिमा बिरामी छन्, नयाँ बिरामीले भर्ना पाउन कुन अस्पतालमा बेड खाली छ भन्ने जानकारी दिने गरेका छौं,’ उनले भने, ‘तीन दिनयता सडकमा बस्नेलाई खाना खुवाउने, ड्युटीमा खटिएका प्रहरीलाई पानी वितरण गरिरहेका छौं ।’आफूहरूले आह्वान गरेपछि खाद्यान्न, जिन्सी, नगद सहयोग जुटिरहेको उनले बताए । 





रूपन्देहीमा क्लबहरु पनि सामाजिक सेवामा जुट्दै 

रुपन्देहीको कुरा अगर्दा यहा विभिन्न क्लब तथा संघ सस्थाहरुले सामाजिक सेवामा आफ्नो हात अगाडी बढाइरहेका छन्।  तिलोत्तमाको नव ज्योति युवाक्लबका दिपेश कंडेल अहिले आफ्ना क्लबका साथि हरु सहित सामाजिक सेवा मा अग्रसर भैरहेका छन्।  उनले दिनहु आफ्नै गाडीमा अक्सिजन बोकी आइसुलेसन सम्म पुर्याउने र बेडको अभाव भए बिरामीको आवस्था हेरी घरमै अक्सिजन समेत पुर्याउदै आएकाछन।  त्यसो त तिलोत्तमा नगरपालिकाले स्थापना गरेको स्थानिय आइसुलेसनामा खाद्धान्ना लगायतका सामग्री हरुको जोहो गर्दै अक्सिजन समेत ओसारपसार गर्दै आएका जागृति युवा क्लबका अध्यक्ष बिदुर केसी पनि दिनरात खटिरहेका छन्। 


बेलहिया हुँदै मुलुक प्रवेश गर्नेलाई ग्लोबल ह्युमनिटेरियन एड क्यानडाको सहयोगमा स्वयंसेवकले बिस्कुट, पानी र स्वास्थ्य सामग्री वितरण गरिरहेको जिल्ला संयोजक डा. सरस्वती भट्टराईले बताइन् । ‘बिहान ७ देखि १० बजेसम्म सर्वसाधारणको लर्को आउँछ,’ उनले भनिन्, ‘दैनिक १ सय ५० जनासम्मलाई वितरण गरिरहेका छौं ।’ फ्रन्टलाइनमा खटिने प्रहरी, सेना लगायत प्रशासनिक कर्मचारीलाई समेत पानी, खाजा र स्वास्थ्य सामग्री दिने गरेको उनले बताइन् । गत वर्ष सपोर्टिङ ह्यान्ड नामक संस्थामार्फत स्थानीय तहमा पीपीईसहितका स्वास्थ्य सामग्री, पानी वितरण गरेको उनले बताइन् । अहिले नाकामा हरेक दिन १० हजार बराबरका दरले सामग्री प्रदान गरिरहेको उनले बताइन् ।




सिद्धार्थनगरमा रहेको रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवा, लुम्बिनी र फोन सम्पर्कमार्फत सहयोग माग्ने जिल्लाका विभिन्न स्थानमा खाद्य सामग्री सहयोग गर्ने गरी फुड बैंक सञ्चालन गरेको छ । एक सातादेखि चलिरहेको बैंकले प्रतिदिन १३ परिवारलाई १० दिनसम्म पुग्ने गरी खाद्यान्न प्याकेज उपलब्ध गराइरहेको क्लबका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए । क्लबका सदस्यले अनिवार्य पैसा संकलन गर्ने र अन्य व्यवसायीसमेतको सहयोगमा कोरोना कहर रहुन्जेल अभियान जारी राख्ने उनले बताए ।


कमेन्ट गर्नुहोस्