लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

IMG

जेष्ठ ६ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त हुनुभएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेकपा(एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।


हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा कृष्णप्रसाद ओली, डा उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो । शपथ ग्रहणपछि डा कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेको उनका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्