लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको सिंह कम्प्लेक्समा आगलागी,३ करोड बढीको क्षति

IMG

बुटवल बजारको केन्द्रमा रहेको सिंह कम्प्लेक्समा बुधबार राती आगलागी भएको छ । कम्प्लेक्सको चौथो तल्लामा रहेको रेष्टुरेन्ट, भ्यु तथा तेस्रो तल्लामा आगलागीबाट भौतिक क्षति भएको छ । राति १.३५ बजे लागेको आगो बुटवल उपमहानगरपालिकाको दमकल आएर डेढ घण्टामा निभाउन सफल भएको थियो। विद्युत सर्ट भएर आगलागी भएको कम्प्लेक्सका संचालक संचालक महेशमान सिंहले बताए ।


आगलागीबाट कुल साढे ३ करोड बराबरको क्षति भएको उनले बताए। आगलागीबाट सबैभन्दा ठुलो क्षति लाबी फुडकोर्डमा भएको उनले बताए । आगलागीबाट ४ टनको ४ वटा र २ टनका ७ वटा गरि ११ वटा एसी पुर्ण रुपमा क्षति भएको छ । यसैगरि रेष्टुरेन्टमा रहेको फ्रिज, टिभि, ब्रान्डेड पेय पदार्थ, सजावटका फर्निचर, सोफा लगायत सबै ध्वष्ट भएको उनले बताए । लाबि फुडकोर्ड अन्तरगत दुई वटा आकर्षक रेष्टुरेन्ट रहेका थिए । यो संगै रहेको भ्यूसिनेमाको बकस अफिस र काउन्टरमा समेत क्षति भएको छ। समयमा नै आगो नियन्त्रणमा लिन सफल हुदा थप क्षति हुन नपाएको उनले बताए । आगलागीबाट तेस्रो तल्लामा रहेको समृद्धि सैलुन (निलडेभिड हेयर सैलुन) को समेत क्षति भएको छ । प्रशासनबाट निशेषज्ञा जारी भएसंगै कम्प्लेक्स बन्द रहेको थियो ।

कमेन्ट गर्नुहोस्