
जेष्ठ ५ गते बुधबार २०७८ तिलोत्तमा सिटी। रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने भएको छ। औषधि व्यवस्था विभागले कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको रेमडिसिभिर औषधि उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरलाई अनुमति दिएको हो । हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको र औषधिको बजार बिक्रिका लागि भने पछि अनुमति दिइने बताइएको छ ।
अबको एक महिनामा उत्पादन तयार भइसक्ने छ । स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा रेमडिसिभिर औषधि बजारमा आउने बताइएको छ । भारतबाट आयात हुँदै आएको रेमडिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि रोक लगाइएको छ । अहिले रेमडिसिभिर बंगलादेशबाट आयात हुने गरेको छ ।
कमेन्ट गर्नुहोस्