
जेष्ठ ५ गते बुधबार २०७८ तिलोत्तमा सिटी। बुटवलका समाजसेवी शेर बहादुर गुरुङको निधन भएको छ ।बुटवल उपमहानगरपालिका वडा नं ११ कालिकानगरका स्थायी बासिन्दा गुरुङको आज दिउसो १२ बजे आफ्नै निवासमा निधन भएको हो ।पर्वतको फलामखानीमा जन्मेका गुरुङको ९४ बर्षको उमेरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । पुर्व राजपरिषद सदस्य गुरुङ पर्वत र स्याङजा संगै रुपन्देहीमा समाजसेवीको पहिचान बनाएका थिए । जिवनको लामो समय साहित्य तथा राजनितीमा सक्रिय गुरुङ प्रवल जनसेवा श्री चतुर्थबाट बिभुषित भएका थिए । ९४ बर्षको उमेरमा समेत अत्यन्त सक्रिय गुरुङ केही समय अघि कोभिडको संक्रमणबाट मुक्त भएका थिए ।कोभिडको संक्रमणबाट मुक्त भई घरमा स्वास्थ्यलाभ गरि रहेका गुरुङको आज अचानक स्वास प्रस्वासमा समस्या आएको निवासमै निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।
कमेन्ट गर्नुहोस्