लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अक्सिजन हिरो : नाजिरले दिए एक लाख, पुष्पले दिए ५० थान सिलिण्डर

IMG

जेष्ठ ४ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। कोरोनाभाइरस महामारीले अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । यस्तो बेला प्राणवायुको जोहो गर्ने कार्यमा सेलेव्रिटी पनि सक्रिय छन् । सेलेब्सले आ-आफ्नै तरिकाले अक्सिजन उपलब्ध गराउन योगदान दिइरहेका छन् ।अक्सिजन उपलब्धताका लागि भन्दै अभिनेता नाजिर हुसेनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एकलाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । पुनको उक्त आविष्कार केन्द्रले अक्सिजन सिलिन्डर जुटाउन अस्पतालहरुलाई मद्दत गरिरहेको छ ।आर्थिक सहयोग गर्दै नाजिरले नेपाल प्रेसलाई भने, ‘हामी सवैले आफूले सकेको सहयोग गर्ने हो। मैले मेरो तर्फबाट गरेको यो सानो सहयोगले कोहि कसैको जीवन बाँच्नका लागि मद्दत मिल्छ भनेर अपेक्षा गरेको छु।’


पुष्पले सुदुरपश्चिममा बाँडे ५० थान सिलिन्डर

कोभिड-१९ को दोस्रो लहरको कारण अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । सरकार, गैरआवसिय नेपाली, व्यापारदेखि सेलेव्रिटीसम्म अक्सिजन जोहो गर्न खटिएका छन् ।कोरोनाभाइरस संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएपछि सेलेव्रिटीले आ-आफ्नो क्षेत्रबाट भूमिका खेलिरहेका छन् । पल शाह लगायतका कलाकार गतसाता देखि नै अक्सिजन जोहो गर्न देश दौडाहामा छन् । यो मेसोमा थपिएका छन् अभिनेता पुष्प खड्का ।पुष्पले सुदुर पश्चिमका विभिन्न जिल्लामा कोरोनाभाइरसबाट संक्रमित भएर उपचार गराइरहेकाको लागि ५० सिलिन्डर अक्सिजन सहयोग गरेका छन् ।


उनले कैलालीको मैनादवी फाउन्डेशनसँगको सहकार्यमा अक्सिजन सहयोग गरेका हुन् । अक्सिजन अभावले सर्वसाधारणले दैनिकजसो ज्यान गुमाइरहेको अवस्थामा आफ्नो कर्तव्य सम्झिएर सहयोग गरेको पुष्पले बताए ।विभिन्न संघसंस्था मिलेर थप अक्सिजन वितरण गर्ने कार्यमा आफू व्यस्त हुने उनले जानकारी दिए । उनले भने-‘मलाई विभिन्न मानिसहरुबाट म्यासेज आइरहेको छ । कतिपयले अक्सिजनको अभाव भएको त कतिपयले आर्थिक अभाव भएको म्यासेज पठाइरहनुभएको छ । मैले सक्ने सहयोग गर्नेछु ।’

कमेन्ट गर्नुहोस्