लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा ३६१ संक्रमित थपिए, बुटवलमा मात्रै १४१ मा संक्रमण

IMG

जेष्ठ ४ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।रुपन्देहीमा पछिल्लोे २४ घण्टाको अवधिमा ८८८ जनाको कोरोना परीक्षण गर्दा ३६१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आज पनि बुटवल उपमहानगरमा सबैभन्दा धेरै १४१ जनामा संक्रमण पुष्टि भएको छ ।त्यसैगरि तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना र सैनामैनामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य पालिकाहरुमा १० जना भन्दा कमको संख्यामा संक्रमित थपिएका छन् ।


हिजो रुपन्देहीमा परीक्षणको २८ प्रतिशतमा संक्रमण देखिएकोमा आज भने परीक्षणको झण्डै ४१ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ।यस्तै पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३६७ पुगेको छ । हाल जिल्लामा ६ हजार २४३ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बैशाख ३० गते जिल्लामा १२ सय ९७ जनाको परीक्षण गर्दा ४९४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बैशाख ३१ गते ५१४, जेठ १ गते ४८६, जेठ २ गते ३९४, जेठ ३ गते ३७७ जनामा कोरोना संक्रमण देखिएको थियो ।

कमेन्ट गर्नुहोस्