लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा बिपी स्टडी युथ सर्कलको सामाजिक अभियान : चुल्हो बलेन ? फोन गर्नुस नि:शुल्क खाद्यान्न लिनुस

IMG

जेष्ठ ३ गते सोमबार २०७८ तिलोत्तमा सिटी।अहिले देश कोरोना महामारीबाट गुज्रिरहेको छ।  यो बेला बिशेस गरि हुदा खाने बर्गका लागि निकै कष्टमय बाताबरण बनेको छ।  त्यसो त यसको असर नदेखिने तरिकाले मजदुर बर्गमा बढि परेको अनुमान लगाउन सकिन्छ।  दिनरात काम गरेर साँझ छाक टार्ने हरुलाई यसपालिको कोरोनाले पनि नछोड्ने निश्चित छ।  तर तिलोत्तमा नगरपालिका भित्र बस्ने जो कोहि चुल्हो बाल्न नसक्ने परिवारलाई  निषेधाज्ञाका बेला तिलोत्तमा बिपी स्टडी युथ सर्कलले निशुल्क खाद्यान्न बितरण गर्ने भएको छ।


कमजोर आर्थिक अवस्था भएकाहरूलाई खाद्यान्न र मास्कलगायत सामग्री सहयोग गर्ने बिपी स्टडी युथ सर्कलका लुम्बिनी प्रदेश अध्यक्ष लक्ष्मण गौतमले बताए। २० दिन देखि ‘लगातारको निषेधाज्ञाले काम गरि खाने मजदूर वर्गलाई हातमुख जोर्न गाह्रो भइरहेको छ, उनीहरूलाई खाद्यान्न नि:शुल्क उपलब्ध गराउने छौ उनले भने।‘कसैलाई खाद्यान्न लगायत समस्या छ भने हामीलाई  ९८५७०४२७७६ नम्बरमा फोन गर्न सक्नुहुन्छ, उनले भनेका छन्। खाद्यान्नमा उनले चामल, नुन, दाल, तेल लगायतका सामग्री उपलब्ध गराईने युथ सर्कलका लुम्बिनी प्रदेश अध्यक्ष गौतमको भनाई छ।


अहिले तिलोत्तमा नगरपालिकालाई केन्द्रित गरि गरेपनि यो अभियान छिट्टै नै पुरै रुपन्देही जिल्ला भरि नै सुरु गरिने जानकारी गौतमले दिए । यदी कोही यो अभियानमा जोडीएर सहयोग नै गर्न चाहनु हुन्छ भने पनि सोही नम्वरमा कल गरेर जोडीन सकिने जानकारी गौतमले दिए । यो अभियान निषेधाज्ञा अबधि यहि जेठ १३ गते सम्म जारी रहने उनको भनाइ छ। गौतमले यसअघि पनि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ भित्र कोहिकसैलाई समस्या परे खबर गर्नु भन्दै सामाजिक संजालमा आफ्नो सामाजिक सेवाको भावना राखेका थिए।  अघिल्लो बर्षको लकडाउनमा समेत १०० परिवार भन्दा बढीलाई सहयोग गरेका उनले कोहि दुखि गरिब र छाक टार्न मुश्किल हुने जो कोहिले सम्पर्क राख्न सक्ने बताए।

 

कमेन्ट गर्नुहोस्