
जेष्ठ २ गते आइतबार २०७८ तिलोत्तमा सिटी। आइतबार पनि कोरोना संक्रमण हुने र मृत्यु हुनेको संख्या केही घटेको छ ।पछिल्लो २४ घण्टामा ७ हजार ३१६ जना संक्रमित भएका छन् । १९ हजार ६३९ पीसीआर परीक्षण गर्दा ७३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।यस्तै ३४४ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । आइतबारसम्म ६ हजार ६४८ जना संक्रमित निको भएका छन् ।
काठमाडौं उपत्यकाभित्र संक्रमित हुनेको संख्या २ हजार ६०९ रहेको छ । जसमध्ये काठमाडौंमा १८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जनामा संक्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २६३ जना रहेको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्