लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा ४८६ संक्रमित थपिँदा ७८५ डिस्चार्ज,संक्रमित थपिने क्रम घट्यो

IMG

जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी।पीसीआर परीक्षणको दायरा घटेसँगै रुपन्देहीमा संक्रमण पुष्टि हुने क्रम पनि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९७७ नमुना परीक्षण गर्दा ४८६ जनामा कोरोना संत्रमmण पुष्टि भएको छ । सोही अवधीमा जिल्लामा ९ जनाले ज्यान गुमाएका छन् भने ७८५ जना कोरोना मुक्त भएका छन् ।


स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा आज २०८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमामा १०४ जना, सिद्धार्थनगरमा ४८ जना, देवदहमा ३८ जना, सैनामैनामा ३४ जना र ओमसतियामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि कञ्चनमा ८ जना, सियारी र सुद्धोधनमा ७।७ जना, मायादेबीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, मर्चवारी र रोहिणीमा ३।३ जना र गैडहवामा १ जना संक्रमित थपिएका छन् ।रुपन्देहीमा आजसम्ममा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्