लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थानको १० औं वार्षिक साधारणसभा : राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने निर्णय

IMG

जेष्ठ १ गते शनिबार २०७८ तिलोत्तमा सिटी।जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. को १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।वार्षिक साधारण सभाको औपचारिक उद्घाटन संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बीके गर्नुभयाे । सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माको स्वागत तथा सञ्चालन भने संस्थाका प्रमुख कार्यकारी अधिकृत-कम्पनी सचिव श्रीराम पोख्रेलले गर्नु भएको थियो ।


साे अवसरमा डा. मान बहादुर बीकेले वित्तीय संस्थालाई कोरोना भाईरस कोभिड–१९ ले पारेको प्रभावलाई न्यूनिकरण गर्न नयाँ खालको रणनीति तयार गरी संस्थाका हरेक गतिविधिहरुलाई स्केलिङ्ग गरेर लग्नुपर्ने विषयमा सुझाव समेत दिनुभयो ।अध्यक्ष  बाबुराम विश्वकर्माले संस्थालाई यस विषम परिस्थितीमा स्वास्थ्य सर्तकता अपनाउदै, संस्थाको अल्पकालिन तथा दीर्घकालिन रणनीतिहरु तयार पारी कार्यन्वयन गराउदै संस्थालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुका साथै सभामा उपस्थित हुने सम्पूर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष  यम बहादुर बि.के., पूर्व सञ्चालक डा. मेग बहादुर विश्वकर्मा, संस्थापक  शंकर प्रसाद पौडेल,  हरी काफ्ले,  यज्ञ विक्रम शाही,  भिम कुँवर, नर बहादुर विश्वकर्मा (जर्ज इभरेष्ट),  बिनोद खाती, सर्वसाधारण शेयरधनीको तर्फबाट डा. अन्जनी कुमार गुप्ता लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो ।उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६-०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७६-०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी सात करोड बयानब्बे लाखको २.६० प्रतिशतले हुन आउने रकम विस लाख उनन्साठी हजार दुई सय रुपैया मात्र नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, आ.व. २०७६-०७७ को आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी सात करोड बयानब्बे लाखको ४९.४० प्रतिशतले हुने रकम रु तिन करोड एकानब्बे लाख चौविस हजार आठ सय बरावरको बोनस शेयर जारी गर्ने, संस्थाको अधिकृत पूँजी रु  दश करोडबाट बृद्धि गरी पचास करोड पुर्याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिई संस्थाको कार्यक्षेत्र १९ जिल्लावाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित भएको छ ।हाल १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४५,००० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पुर्याईरहेको छ ।

कमेन्ट गर्नुहोस्