लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अक्सिजन उत्पादन र वितरणलाई प्राथमिकता दिन कांग्रेस नेता खांणको आग्रह

IMG

बैशाख ३१ गते शुक्रबार २०७८ तिलोत्तमा सिटी। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र जिल्लामा रहेका अक्सिजन उद्योगीहरुसंग टेलिफोन गरी अक्सिजन उद्योगको अवस्थाका र उत्पादनका बारेमा जानकारी लिएका छन् ।पूर्वमन्त्री समेत रहेका खांणले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसंग कुरा गर्दै जिल्लामा भारतबाट आउने लिक्विड अक्सिजनलाई सहजीकरण गर्दै अक्सिजन उत्पादन र वितरणमा प्राथमिकताका साथ लाग्न गर्न आग्रह गरेका छन् ।


उनले रुपन्देहीमा रहेका शंकर अक्सिजन ग्यास प्रा.लि. छिपागढ, लुम्बिनी अक्सिजन ग्यास इण्डष्ट्रिज पडसरी र लुम्बिनी अक्सिजन ग्यास प्रा.लि. तिलोत्तमाका संचालकहरूसंग कुरा गर्दै यो विषम परिस्थितिमा अक्सिजन उत्पादन र वितरणमा संचालकहरूले गर्नुभएको योगदानको प्रशंसा गरे । नेता खांणले उत्पादन र वितरणमा आइपरेका समस्याहरु समाधान गर्ने आफ्नो क्षेत्रबाट आवश्यक सहयोग रहने आश्वासन दिए ।

कमेन्ट गर्नुहोस्