लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

केपी ओली पुन: प्रधानमन्त्रीमा नियुक्त,शुक्रबार सपथ हुने

IMG

बैशाख ३० गते बिहिबार २०७८ तिलोत्तमा सिटी।नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनःप्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ ।प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आहृवान गरेकी थिइन् । तर राष्ट्रपतिले तोकेको समयसीमा भित्र कसैले बहुमत सिद्ध गर्न नसकेपछि कामचलाउ बनेका प्रधानमन्त्री बनेका ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।राष्ट्रपति कार्यालयले विहीबार राति एक विज्ञप्ति जारी गर्दै धारा ७६(२) अनुसार कसैको पनि दाबी नपरेको उल्लेख गरेको थियाे ।


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दिएको समयसीमा बिहीबार राति ९ बजे सकिएको थियो ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भए पनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल पक्षले ओलीसँग सहमती गरेकाे र जसपाकै महन्थ ठाकुर केपी ओलीकाे पक्षमा खुलेपछी वैकल्पिक सरकार बनाउने योजना तुहिएको थियो ।

कमेन्ट गर्नुहोस्