
सोमबार २७ बैशाख, २०७८ तिलोत्तमा सिटी। नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले गत चैत ४-५ गतेको राष्ट्रिय भेलाको निर्णय अनुकूल नै संसदमा अनुपस्थित हुने निष्कर्ष भएको बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय वरिष्ठ नेता माधवकुमार नेपाल समूहले गरेको छ ।सिंहदरबारमा बसेको सांसदहरुको बैठकले संसदमा अनुपस्थित हुने निर्णय गरेपछि भुसालले यसलाई ‘न विभाजन, न समर्पण’को नीति भएको प्रष्ट्याएका हुन् । ‘संसदमा अनुपस्थिति चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निर्णय ‘न विभाजन, न समर्पण’ को अनुकूल छ’, भुसालले सामाजिक सञ्जालमा लेखेका छन् ।
कमेन्ट गर्नुहोस्