लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा घट्यो कोरोना संक्रमणको ग्राफ, ४९२ संक्रमित थपिँदा ३७४ कोरोना मुक्त

IMG

आइतबार २६ बैशाख, २०७८ तिलोत्तमा सिटी।तुलनात्मकरुपमा आज रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम केहि घटेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा आज मृत्युदर पनि घटेको छ । सोही अवधीमा जिल्लामा ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।


आज थपिएका संक्रमितहरुमा बुटवल उपमहागरमा १९१ जना, तिलोत्तमामा १३५ जना, सिद्धार्थनगरमा ८० जना, देवदहमा २७ जना, सैनामैनामा २१ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि ओमसतियामा १६ जना, सियारीमा ५ जना, लुम्बिनी साँस्कृतिक नगरमा ४ जना, सुद्धोधन र रोहिणीमा ३।३ जना, मायादेबी, कञ्चान र कोटहिमाईमा २।२ जना तथा मर्चवारीमा १ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीमा आज सम्ममा मृत्यु हुनेको संख्या २६८ पुगेको छ भने आज ३७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

कमेन्ट गर्नुहोस्