लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको संक्रमित संख्या प्रदेशमै अग्रस्थानमा, ७८२ नयाँ संक्रमित, ११ जनाको मृत्यु

IMG

२४ बैशाख, २०७८ तिलोत्तमा सिटी।रुपन्देहीमा आज पनि प्रदेशका सबै जिल्लाहरुलाई उछिन्दै सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२२१ नमुना परीक्षण गर्दा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधीमा ११ जनाको मृत्यु भएको छ ।


स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ३७१ जनामा संक्रमिण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १३४ जना, सिद्धार्थनगरमा ८३ जना, सैनामैनामा ५८ जना र देवदहमा ५० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै सुद्धोधनमा १८ जना, मायादेबीमा १५ जना, सियारीमा १४ जना, कञ्चनमा ११ जना, लुम्बिनी साँस्कृतिक नगरमा ८ जना, ओमसतियामा ५ जना, कोटहिमाईमा ६ जना, रोहिणीमा ४ जना र मर्चवारी र सम्मरीमाईमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


रुपन्देहीमा २४ घण्टाकैबीचमा २६० जनालाई कोरोना संक्रमण निको भएको छ । जिल्लामा ६००० जना सक्रिय संक्रमित मध्य २६९ जनामा लक्षण देखिएको छ । रुपन्देहीमा २४३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्