
२४ बैशाख, २०७८ तिलोत्तमा सिटी।सरकारी गाडी त्यो पनि जनताकै सेवामा दिएका खबर हिजो सम्म आएकै हो तर निजि गाडी कसैले दिएको जनप्रतिनिधि खासै देखिएनन। तर दाङ्गमा भने त्यस्ता वडा अध्यक्षले मानवताको लागि आफुले सेवा गर्ने बताएका छन्। दाङको गढवा गाउँपालिकाका एक वडा अध्यक्षले कोरोना संक्रमितलाई अस्पताल पुर्याउने प्रयोजनका लागि आफ्नो निजी गाडी उपलब्ध गराएका छन् ।
गढवा गाउँपालिका–८ का वडाध्यक्ष सद्दाम सिद्दिकी मुसलमानले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न वडा कार्यालयलाई निःशुल्क उपलब्ध गराएका हुन् ।कोरोना संक्रमितले एम्बुलेन्स नपाएको अवस्था देखेर संक्रमितलाई अस्पताल पुर्याउन गाडी उपलब्ध गराउने निर्णय गरेको उनले बताए । २५ वर्षिय वडा अध्यक्ष सिद्दिकीले कोरोना संक्रमण अन्त्य नहुँदासम्म आफू मोटरसाइकलमा यात्रा गर्ने बताए ।बिहीबार मात्रै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरले आफू चढ्दै आएको नगरपालिकाको दुई वटा स्कारपियो गाडी पनि संक्रमितलाई अस्पताल पुर्याउने प्रयोजनका लागि नगरपालिकालाई दिएका थिए ।
कमेन्ट गर्नुहोस्