लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलाेत्तमाको प्रकोप ब्यवस्थापन कोषमा अन्नपूर्ण एग्रो एण्डष्ट्रिजद्वारा ४ लाख सहयाेग

IMG

तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार।नेपालकै एक मात्र उत्कृस्ट तथा धेरै पटक नेपाल सरकार बाट पुरष्कार प्राप्त अन्नपूर्ण एग्रो एण्डष्ट्रिज प्रालीले रुपन्देहीको तिलाेत्तमा नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख सहयाेग गरेको छ । देशमै सबैभन्दा बढी कर तिर्ने कृषि उत्पादक सस्थाको पगरी भिरेको सो सस्थाले सामाजिक उत्तरदायित्वलाई मनन गर्दै देशमा महामारीको रुपमा फैलदै गइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले सन्चालन गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयाेग गरिएको प्रालिले जनाएको छ ।


नगरपालिकाको वार्ड नम्बर-१६, मधवलिया रहेको अन्नपूर्णले साे सहयाेग तिलाेत्तमा नगरपालिकाका प्रमुख बासुदेब घिमिरेलाई हस्तान्तरण गरेको प्रालिका किरण अर्यालले जानकारी दिए ।


कमेन्ट गर्नुहोस्