लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अन्तत: सिद्धार्थनगरले पनि प्रमुख चढ्र्ने गाडी संक्रमितका लागि सुम्पियो

IMG

तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। नवलपरासिमा ट्याक्टरमा लैजादा लैजादै गर्दा हस्पिटल नपुर्याउदै बाटोमा मृत्यु भएको घटनाले अहिले हरेक स्थानिय तहलाई चसक्क मनमा छोएको छ।  त्यो घटना सार्है दुखद बनि मुटुमा बिझिरह्यो , तथापि आगामी दिनमा ढुवानी र एम्बुलेन्स को कारणले त्यस्ता घटना नदोहोरियोस भन्न का लागि तिलोत्तमा नगरले संक्रमितका लाह्गी एम्बुलेन्स संगै नगरप्रमुख र नगर उपप्रमुख चढ्ने गाडी समेत अमुलेंसको रुपमा प्रयोग गर्ने फैसला गर्यो।  सोहि अनुरुप अहिले सिद्धार्थनगर नगरपालिका नगरप्रमुख हरिप्रसाद अधिकारीले आफुले चढ्दै आएको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाउनु भएको छ।


संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जांदा एम्बुलेन्स मात्र प्रयाप्त नभएपछि नगरप्रमुखले चढ्दै आएको गाडी बिरामीको सेवामा प्रयोग गर्न लाग्नुभएको हो । छिटोछरितो सेवा दिन र समयमा पुग्नका लागि  आफुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याएको नगरप्रमुख अधिकारीले बताउनु भयो । गाडी सन्चालनका लागि चालकको समस्या परेकोले केहि समय ढिलाइ हुन पुगेको नगरउपप्रमुख उमा काफ्ले ले बताउन भयो । यसअघि पनि नगरप्रमुख अधिकारीकै गाडीमा वडा न.९ का वडा अध्यक्ष शेषकान्त भण्डारीलाई पनि स्वास्थ्यमा समस्या आएपछि प्याथोलोजी र अस्पताल पुर्याइएको थियो । नगर प्रमुख आफैले सो गाडीमा लैजांदा हाल वहां होम क्वारिन्टाइनमा बस्नु परेको छ  । 


सिद्धार्थनगर नगरपालिका वडा न. ९ का वडा अध्यक्ष भण्डारी अहिले भिम अस्पताल भैरहवामा उपचारमा हुनुहुन्छ  । त्यसैगरी वडा न.६ का वडा अध्यक्ष विरेन्द्रनाथ श्रीवास्वलाई पनि कोराना संक्रमण देखिएपछि वहां होम आइसोलेसनमा बस्नु भएको छ । वहांको स्वास्थ्य अवस्था समान्य रहेको श्रीवास्तवले बताउनु भयो । सिद्धार्थनगरले नगरस्तरिय आइसोलेसन सेन्टर पनि तयारपारी सन्चालनमा ल्याउन लागेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले बताउनु भयो । 

कमेन्ट गर्नुहोस्