लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ४ संक्रमितको मृत्यु

IMG

तिलोत्तमा २०७८ बैशाख २२ गते बुधबार। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो ८ घण्टाको अवधीमा ४ संक्रमितको मृत्यु भएको छ। अस्पतालको फिबर क्लिनिकमा उपचाररत तीनजना महिला र एक पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड नपाएपछि उनीहरु फिबर क्लिनिकमै भर्ना भएका थिए । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१२ का ४७ वर्षीय पुरुष, बुटवल-९ की ५४ वर्षीया महिला, कन्चन गाउँपालिका-४की २७ वर्षीय महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला रहेका छन् ।

कमेन्ट गर्नुहोस्