लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलको कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु

IMG

तिलोत्तमा २०७८ बैशाख २१ गते मंगलबार। बुटवलको धागो कारखाना स्थित कोरोना विशेष अस्तालमा उपचाररत दुई युवाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलबस्तुको वाणगंगा नगरपालिका–७ का ३९ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।


बैशाख १७ गते कोरोना पोजेटिभ रिपोर्ट आएका ती पुरुष सोही दिन लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ । ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पतालले जनाएको छ ।यस्तै सैनामैना –१ मुर्धानीका अन्दाजी ३२ वर्षिय युवाको मंगलबार बिहान मृत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि सो अस्पतालमा उपचारर गर्दै आएका थिए । दिनदेखि संक्रमित उनी हिजो मात्रै कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।


कमेन्ट गर्नुहोस्