लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पल शाहले थाले निःशुल्क अक्सिजन वितरण

IMG

तिलोत्तमा २०७८ बैशाख २१ गते मंगलबार। अभिनेता पल शाह अभिनयसँगै सामाजिक कारणले पनि चर्चामा रहन्छन् । अघिल्लो लकडाउनमा उनले विपन्न फिल्म प्राविधिकलाई राहत वितरण गरेका थिए ।कोभिड महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा उनले यसपटक पनि सहयोगी हात अघि बढाएका छन् । यसपटक भने उनले निःशुल्क अक्सिजन वितरण सुरु गरेका छन् ।


‘आर्थिक अभावका कारण अक्सिजन नपाएर कुनैपनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भनेर निःशुल्क अक्सिजन सेवाका लागि हामी तयारीमा छौं’ पलले नेपाल प्रेससँग भने ।विषम परिस्थितीमा निम्न वर्गका नेपालीले उपचार र खाना अभाव मर्न नपरोस् भनेर आफूले सेवा थालेको पलले जनाएका छन् । पछिल्लो साता नेपालका स्वास्थ्य संस्थामा अक्सिजनको माग उच्च छ ।

कमेन्ट गर्नुहोस्