लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

४२ संसद पुगे हस्ताक्षर सहित प्रदेश प्रमुख कार्यालय

IMG

तिलोत्तमा २०७८ बैशाख १९ गते आइतबार। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।


यसअघि लुम्बिनी प्रदेशमा नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका थिए। शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएपछि असन्तुष्टि जनाउँदै उनीहरूले आज पदबाट राजीनामा दिएका हुन्।कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजयबहादुर शाहीले राजीनामा दिएका हुन्। आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले बताए।थप तीन जना सांसदले पदबाट राजीनामा दिएपछि पोखरेलको नयाँ नियुक्ति विवादमा फसेको छ। श्रीवास्तव कपिलवस्तु २ ख बाट विजयी सांसद हुन् भने अर्का सांसद अजय शाही नवलपरासी १ ख बाट विजयी सांसद हुन् । हृदयश त्रिपाठीसँग नजिक रहेका उनीहरु सूर्य चिन्हबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहका रुपमा चिनिन्छन् । उनीहरुले आफूहरु एमालेको सदस्य नरहेको दावी गर्दै आएका छन् । 

कमेन्ट गर्नुहोस्