
तिलोत्तमा २०७८ बैशाख १९ गते आइतबार। एमाले नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख धर्मानाथ यादवले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई प्रदेशप्रमुख यादवले मुख्यमन्त्रीमा नियुक्त गरे। उनले आजै मुख्यमन्त्रीबाट राजिनामा दिएका थिए ।
तर ४१ जनाको हस्तक्षर सहित फाइल बुझेपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेकपा मावोबादी केन्द्रका संसद हरुले बिरोध जनाएका छन। त्यसो त नेकपा एमालेकै ३ जना संसद ले राजिनामा समेत दिएका छन्। दुग नारायण पाण्डे, धर्म बहादुरलाल श्रीवास्तव र अजय शाहीले संसद पद बाटै राजिनामा दिएको जनाएका छन्। उनीहरुले शंकर पोखरेललाई मुख्यमन्त्री बनाउन हुदैन भनेर राजिनामा दिएको बताएका छन। दुग नारायण पाण्डे नेकपा एमालेबाट संसद बनेका हुन् भने धर्म बहादुरलाल श्रीवास्तव र अजय शाही स्वतन्त्र संसद हुन।
कमेन्ट गर्नुहोस्