
२०७८ बैशाख १८ गते शनिबार,दाङ। तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा तीन वटा शव फेला परेका छन्।भारतीय नम्बर प्लेट जे ०१ ६६ ०८८५ नम्बरको निशान कारभित्र शव रहेको खबर आएपछि घटनास्थलमा प्रहरी पुगेको छ। घटनाको अनुसन्धान सुरु भएको दाङका एसपी गणेश चन्दले बताए। ‘घटनाको बारेमा अनुसन्धान सुरु भैसकेको छ।
भारतीय नम्बर प्लेटेको कारभित्र बच्चाको बडी छ,’ उनले भने, ‘सबै सावधानी अपनाएर घटनाको अनुसन्धान हुन्छ।’घटनास्थलमा ईलाका प्रहरी कार्यालय तुलसीपुरको टोली परिचालन भएको छ। जिल्ला प्रहरी कार्यालयबाट एसपी चन्दसमेत घटनास्थलमा पुगेका छन्।पार्किङ्ग गरेको गाडीमा शव भेटिएका हुन्। कार गत माघ महिनादेखि पार्किङ्ग गरिएको पाइएको छ। शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्यालीबजारमा तीन जना बच्चा मृत फेला परेको कार विगत लामो समय देखि त्यस स्थानमा पार्किङमा राखिएको थियो ।६ महिना अघि देखि सोही स्थानमा कार पार्किङ गरि राखिएको स्थानीयले बताएका छन् । यस विषयमा प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको उक्त कारमा शनिबार साँझ बच्चा मृत फेला परेका हुन् ।ईलाका प्रहरी तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोही स्थानमा अर्को गाडी पार्किङ गर्न राख्ने क्रममा शव गन्हाएको थाहा पाएपछि गाडी हेर्दा मृत बच्चाहरु रहेको पाईएको हो ।बच्चाहरुको पहिचान खुल्न सकेको छैन् । अहिले घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
कमेन्ट गर्नुहोस्