लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु

IMG

तिलोत्तमा २०७८ बैशाख १८ गते शनिबार। कोरोना बिशेष अस्पताल बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचाररत नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.बिष्णु गौतमले बताए ।


नवलपरासी रामग्रामकी ४५ वर्षिया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही शुद्धोधन५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको छ ।


रामग्राम १० की महिला कोरोना पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिईन् भने शुद्धोधनका पुरुषको १३ गते संक्रमण पुष्टि भएपनि १६ गते अस्पताल भर्ना भएका थिए ।

कमेन्ट गर्नुहोस्