
तिलोत्तमा २०७८ बैशाख १७ गते शुक्रबार। जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि तिलोत्तमा नगरापालिकाले आफ्नो कोरोना अस्थायी अस्पतालको बेड क्षमता बढाएको छ। सरकारी अस्पताल र मेडिकल कलेज र विभिन्न निजि अस्पतालमा समेत बेद अभाव हुन थालेपछि तिलोत्तमा नगरपालिकाले कोरोना सङ्क्रमितको उपचार गर्न सो अक्सिजन र प्रारम्भिक सेवा सहितको बेड निर्माण गर्दै लागेको नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो।
कोभिड संक्रमित भएपनि नआत्तिकन घरमै बस्ने अवस्था भए घरमै स्वास्थ्य मापदण्ड पुरा गरेर बस्न आग्रह गर्दै उहाले स्वासप्रस्वासमा गाह्रो महसुस भए प्रारम्भिक सेवा र अक्सिजन सहितका बेडमा बिरामीलाई अवस्था हेरेर राखिने बताउनुभयो। हाल २० बेडबाट बिस्तार गरी आज ४० बेड क्षमताको बनाइएको र सो बेड भएको भावनालाई कोरोना अस्थायी अस्पतालको रूपमा संचालन गरिएको जानकारी समेत तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले दिनुभयो। कोरोना सम्बन्धि कुनै जिज्ञासा र स्वास्थ्य सल्लाहका लागि हटलाइन ९८४७०६२१०० मा फोन गरि कोरोना फोकल पर्सन केशब भट्टराईसंग जानकारी समेत लिन सकिने बताउनुभयो।
कोरोना सम्बन्धि कुनै लक्षण भएमा या देखिएमा नजिकैको स्वास्थ्य चौकी या अस्पतालमा जान र सल्लाह लिन र निषेधाज्ञाको बेला अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गर्दै नगरप्रमुख घिमिरेले निषेधाज्ञा अबलम्बन गर्नेलाइ प्रसासनले समेत कडा निगरानी र कारबाही गरेकोले त्यसको अबज्ञा नगर्न आग्रह गर्नुभयो।
कमेन्ट गर्नुहोस्