
तिलोत्तमा २०७८ बैशाख ११ गते शनिबार। बुटवल उपमहानगरपालिका–१७, रानीगन्जमा सर्वसाधारण बिगत एक साता देखि दैनिक रुपमा हजारौंको संख्यामा मानिस भेला भएका छन । सरकारले यस क्षेत्रमा मोतीपुर औद्योगिक करिडोर निर्माणका लागि जग्गा छुट्याएको छ । उक्त सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बन्ने भए पछि सर्बसाधारणको चासो बढेको हो।औद्योगिक क्षेत्र बन्ने स्थानमा कसले बस्ती बसाल्ने योजना गर्यो त्यो भने खुल्न सकेको छैन । यहाँ आउने सबैले सुनेर आएको तर आफु लाई पाउने नपाउने थाहा नभएको र पाए भने पाइहाले भन्ने सोचले आएको बताउँछन् यद्धपी यस अघि अर्थमन्त्री विष्णु पौडेल र उद्योगमन्त्री लेखराज भट्टले गत फागुन २१ गते करिडोरको शिलान्यास गरेका थिए । त्यसबेला स्थानीयले आफूले उपभोग गरेको जमिनमा करिडोर बनाउन लागिएको भन्दै विरोध गरेका थिए ।
जग्गा पाइने हल्ला सुनेपछि जग्गा कब्जा गर्न आउनेमा स्थानिय छैनन तर कपिलवस्तु, पाल्पा, नवलपरासी, दाङ लगायत विभिन्न जिल्लाका रहेका छन। पछिल्लो समयकोरोना महामारी बढेको कारण सरकारले नियन्त्रण गर्न भन्दै स्कूल कलेज बन्द गरेको अवस्थामा यस्तो भिडभाड गर्दा कोरोना को जोखिममा परेको प्रति आक्रोशत स्थानिय भन्छन सरकारले कोरोना नियन्त्रण गर्ने भन्दै २५ जना भन्दा धेरै मानिस एक ठाँउमा जम्मा हुन रोक लगाएको छ ।तर यहाँ सरकारको ठाडो अबज्ञा गर्दै यस क्षेत्रमा सयौको संख्यामा जम्मा भइरहेका छन यो प्रति सरकार किन गम्भीर हुन सकिरहेको छैन। यसरी त ज्यान नै जोखिममा परेको बताउँछन्। उनीहरू मध्य दस प्रतिशतले पनि माक्स को प्रयोग गरेको छैनन र फरक फरक ठाउँ बाट यहाँ भेला हुने भएको ले जोखिम उच्च रहेको छ ।मोतीपुर औद्योगिक क्षेत्रको काम निरन्तर भए पाँच वर्षमा सक्ने योजना छ । यो औद्योगिक क्षेत्र ९ सय ४६ बिघामा फैलिएको छ । त्यसमध्ये १ सय ३३ बिघाको जग्गाधनी पुर्जा भने औद्योगिक क्षेत्रसँग छैन ।
कमेन्ट गर्नुहोस्