लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा कोरोना संक्रमण उकालो लाग्दै, २४ घण्टाकाबीच ६ जनाको मृत्यु

IMG

तिलोत्तमा २०७८ बैशाख ७ गते मंगलबार। कोरोना संक्रमणको दोस्रो लहर अन्तर्गत रुपन्देही लुम्बिनी प्रदेशको दोस्रो स्थानमा रहेको छ। प्रदेशको बाँके जिल्लामा हरेक दिन कोरोना संक्रमितको संख्या र मृत्युको दर बढेर गईरहँदा रुपन्देहीले पनि बाँकेलाई पछ्याईरहेको छ। रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७९ जनामा कोरोना संत्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार जिल्लामा सबैभन्दा बढी बुटवल उपमहानगरमा ३४ जना र तिलोत्तमा नगरपालिकामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवा स्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।


मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगर ८ की ६५ वर्षीय महिला र बुटवल १३ की ७९ वर्षिय महिलाको मृत्यु भएको छ । त्यसैगरि रानीगंज मोतिपुर रुपन्देहीका ३८ वर्षिय पुरुषको पनि मृत्यु भएको छ ।उता जिल्ल बाहिरको मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षिय पुरुष, झिमरुक प्युठानका ५८ वर्षिय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षिय पुरुष रहेका छन् ।

कमेन्ट गर्नुहोस्