लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्विनी प्रदेशका ४ मन्त्रीलाई फिर्ता हुन जसपाको निर्देशन

IMG

तिलोत्तमा २०७८ बैशाख ६ गते। लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई जनता समाजवादी पार्टिले स्पष्टीकरण माग गरेको छ ।मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अबिस्वास प्रस्तावमा हस्ताक्षर गरेको उक्त पार्टिले आफ्नै पार्टिका ४ जना सांसदहरु मन्त्री बन्न गएपछि मंगलबार सम्म फिर्ता हुन निर्देशन दिएको छ ।पार्टिका लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बिज्ञप्ती जारी गरी पार्टिको सोमवार बिहान बसेको बैठकले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास प्रस्ताव लैजाने निर्णय बिपरीत मन्त्रीपरिषदमा सहभागी भएको भन्दै फिर्ता हुन निर्देशन दिएको हो ।बिज्ञप्तीमा सरकारबाट फिर्ता भई २४ घण्टा भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिदै त्यतिन्जेल सम्मका लागि सम्पुर्ण जिम्मेवारी बाट हटाउने निर्णय गरेको उल्लेख छ ।


नव नियुक्त मन्त्री सन्तोष पाण्डेले भने आईतवार संसदीय दलका उपनेताको अध्यक्षतामा सम्पन्न बैठकले सहसराम यादवलाई हटाएर आफुलाई संसदीय दलको नेता चयन गरेको र सरकार बिरुद्ध अबिश्वस प्रस्तावमा जाने कुनै निर्णय नगरेको बताए ।जनता समाजबादी पार्टिले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने कुनै निर्णय गरेको छैन बरु मलाई ससदीय दलको नेता बनाएको हो पाण्डेले भने ।

सामाजिक बिकास मन्त्री कल्पना पाण्डेले लुम्विनी प्रदेशमा संघिय समाजवादी र राजपा बिच एकिकरणको प्रक्रिया टुगो नलागेकोले आफुलाई जनता समाजवादीको कुनै प्रकारको निर्देशन मान्य नहुने बताईन ।लुम्विनी प्रदेशमा पार्टि एकिकरण प्रक्रिया अगाडी बढेको छैन त्यसैले जनता समाजबादीका नाममा हुने कुनै पनि स्पष्टिकरण र निर्देशन लागु हुन सक्दैन पाण्डेले भनिन ।नेपाली कांग्रेसको अगुवाईमा नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वास हस्ताक्षर गरी दर्ता गरेको एक घण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी भएका थिए ।त्यसैगरी जसपाका ४ जना सासद मन्त्री बनेको १ घण्टा नबित्दै उनीहरुलाई सरकारबाट फिर्ता हुने निर्देशन आएको छ ।


कमेन्ट गर्नुहोस्