लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छिट्टै माधव नेपाल पक्षसँग पार्टी एकता हुदैछ : देवेन्द्र पौडेल

tillotmacitynews - 2021 Apr 18 07:43 PM
IMG

तिलोत्तमा २०७८ बैशाख ५ गते। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा एमालेको माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन् ।आइतबार सदरमुकाम कुश्मामा आयोजित पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पौडेलले एमालेको नेपाल पक्षसँग निकट भविष्यमै पार्टी एकता गर्ने गरी वार्ता अघि बढेको बताए ।बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको भन्दै उनले एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको उनको भनाइ छ ।


नेता पौडेलले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउन पूर्ण रुपमा तयार रहेको दाबी गर्दै जसपा संस्थागत ढंगले एक भएर उभिन नसकेका कारण ढिलाइ भएको बताए । जसपाका बहुमत सदस्य नयाँ सरकार बनाउने पक्षमा रहे पनि केही नेता प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको निकटताका कारण उक्त पार्टीमा समस्या परेको पौडेलले जिकिर गरे ।

कमेन्ट गर्नुहोस्