लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नियम विपरित सञ्चालन सुनचाँदी पसललाई कारबाही

IMG

तिलोत्तमा २०७७ चैत्र ३०। उद्योग बाणिज्य तथा उपभोक्ता हित  संरक्षण निर्देशनालय भैरहवाले जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेका सुनचाँदी पसलहरुको अनुगमन गरेको छ ।निर्देशनालयका निरिक्षक अधिकृत मित्रलाल ढकालको संयोजकत्वमा नगरका १० सुनचाँदी पसलहरुको अनुगमन भएको थियो ।  अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रतिनिधि बालकृष्ण आर्चाय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल बाट प्रकास बस्नेत, बोधराज ढकाल, उपभोक्ता मंच बाट भगवती भण्डारी, सिद्धार्थ उद्योग बाणिज्य संघ बाट मंगल भण्डारी, निर्देशनालय बाट राज कुमार घिमिरे, लगाएको उपस्थित रहेको थियो ।भैरहवा बजारको गल्लामण्डी, बैंक रोडमा गरिएको अनुगमनका क्रममा धेरै पसलहरु सरकारी नियम विपरित सञ्चालन भएको उद्योग बाणिज्य तथा उपभोक्ता हित  संरक्षण निर्देशनालय भैरहवाले जानकारी दिएको छ । 


अनुगमनका क्रममा कति पसलहरु सटर बन्द गरेर भागे भने कतिले पसलहरुमा भएको सुनचाँदी लुकाएर व्यापार गर्न समान नभएको भनेर अनुगमन टोलीलाई झुक्काउने काम गरेको अनुगमन टोलिका सदस्यहरु बताउँछन् ।मुल्यसूची नराखेको, तौल मेसीन नविकरण नगरेको, तौल कम गराउने मेसीन राखेको, विल विजक नभएका केहि सुनचाँदी पसलहरु समेत अनुगमनमा भेटिएको थियो । विल विजक प्रयोग नगरको भेटिएपछि संगम सुनचाँदी पसल गल्लामण्डीलाई अनुगमनकै क्रममा रु.५ हजार जरिवाना गरिएको समेत अनुगमन टोलीले बताएको छ ।सरकारले तोकेको सवै मापदण्ड अनुसार सञ्चालनमा रहेको वजरंगी ज्वेलस गल्लामण्डीलाई अनुगमन टोलीले प्रशंसा समेत गरेको थियो ।धेरै सुनचाँदी पसलहरु नियम विपरित सञ्चालनमा रहेको देखिए भने केहि पसलहरु भने सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालनमा रहेको  अनुगमन टोलीले जानकारी दिएको छ ।


पंकज ज्वेलर्स, रक्षा श्रेया सुनचाँदी पसल, सोनी ज्वेलर्स, वजरंगी ज्वेलर्स, एस.एम ज्वेलर्स, संगम सुनचाँदी पसल लगाएतमा सोमवार अनुगमन भएको थियो । यस्ता अनुगमन अव निरन्तर हुने उद्योग बाणिज्य तथा उपभोक्ता हित  संरक्षण निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्