लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको सुर्यपुरामा पेट्रोल पम्पमा भिषण आगलागी

tillotmacitynews - 2021 Apr 11 08:12 PM
IMG

तिलोत्तमा २०७७ चैत्र २९ गते। रुपन्देहीको गैडहवा गाउपालिका वडा नं ७ गुलरियामा चाेक नन्दनगरमा रहेकाे पेट्रोल पम्पमा आगलागी भएकाे छ। स्थानीय राजकुमार चाैधरीकाे आशिष पेट्रोल सप्लायर्स नामकाे पम्पमा  केहिवेर अघि देखि लागेको आगाे नियन्त्रणमा आएकाे छैन । आगाे नियन्त्रण लिने प्रयास गर्दा पम्प सन्चालक हेमन्त चाैधरी घाइते भएका छन् । घाइतेको उपचारका लागि बुटवल पठाईएकाे पम्प सन्चालक चाैधरीले बताए । चाैधरीका अनुसार आगलागीबाट करिव १ लाख लिटर ईन्धन जलेर नस्ट भएकाे छ भने तेल बाेकेर आएकाे ट्यांकर समेत जलेर नस्ट भएकाे छ । अहिले दुईवटा बारुणयन्त्रले आगाे नियन्त्रणमा लिने प्रयास गरिरहेकाे ईलाका प्रहरी कार्यालय सुर्यपुराका प्रहरी प्रमुख प्रहरी निरिक्षक हरि बहादुर खड्काले बताए । आगो के कसरी लाग्यो भन्ने थाहा हुन नसकेको खड्काले बताए ।

कमेन्ट गर्नुहोस्