लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सैनामैनामा बस दुर्घटना, प्यूठान झिमरुका यूवाको मृत्यु

tillotmacitynews - 2021 Apr 11 07:24 PM
IMG

तिलोत्तमा २०७७ चैत्र २९ गते। रुपन्देहीको सैनामैना नगरपालिकामा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ९४१ नम्बरको बसले सोही दिशातर्फ गइरहेको लु २४ प ९७६८ नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा सो दुर्घटना भएको हो ।


मोटरसाईकलमा  सवार १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घटनामा एक जना गम्भिर घाइते भएका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका अनुसार  दुर्घटनामा परी मोटरसाइकलका चालक प्यूठान जिल्लाको झिमरुक गाउँपालिका–१ सौतामारेका १८ वर्षका सञ्जय खनालको मुत्यु भएको छ । भने सोही ठाउँ कै  २० वर्षका फिरज क्षत्री गम्भिर घाइते भएका छन् । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्