लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुनचाँदी व्यवसायी संघद्धारा दीपक हत्याको भत्र्सना, दोषीलाई कारवाहीको माग

IMG

तिलोत्तमा २०७७ चैत्र २९ गते।रुपन्देही सुनचाँदी व्यवसायी संघले सिराहाको लहानमा एक सुनचाँदी पसल सञ्चालको हत्या भएको घटनाप्रति घोर भत्र्सना गर्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको छ । शनिबार राती लुटेरा समूहले सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालक ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या भएको छ । 

लुटेराको समूहले मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मालाई समेत सख्त घाईते बनाएको छ । रुपन्देही सुनचाँदी व्यवसायी संघको आईतबार बसेको सचिवालय बैठकले मध्यरातमा सुनचाँदी व्यवसायीको हत्या भएको घटनाप्रति ध्यानआर्कषण गराउँदै सरकारलाई तत्तकाल दोषीलाई पत्ता लगाई कारवाही गर्न माग गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष रामकिसन विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले घटनाको घोर भत्र्सना गर्दै जिल्ला प्रशासन कार्यालयमा डेलिगेशन जाने निर्णय समेत गरेको छ । 


नेपाल सुनचाँदी व्यवसयी महासंघका केन्द्रीय सल्लाहाकार प्रेम कुमार सेन्चुरी, केन्द्रीय सदस्य एमवि विश्वकर्माको उपस्थितीमा सचिवालय बैठक बसेको हो । हत्यामा संलग्नलाई कारवाही नगरे चरणबद्ध रुपमा आन्दोलनमा उत्रने समेत संघले चेतावनी दिएको छ ।  सुनपसल सञ्चालकको हत्या भएको घटनाले देशैभरका सुनचाँदी व्यवसायीहरुले अपराधीलाई कानुन अनुसार हदैसम्मको कारवाही गर्न माग गरेका छन ।

कमेन्ट गर्नुहोस्