लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रेस संगठनका विजयी उमेद्धारलाई माओवादी केन्द्रको सम्मान

IMG

तिलोत्तमा २०७७ चैत्र २८ गते। नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीले नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा विजयी हुने प्रेस संगठनका उमेद्धारहरुलाई अभिनन्दन गरेको छ । शनिबार आयोजित एक कार्यक्रमका विच संगठनबाट विजयी भएका उमेद्धारहरुलाई अभिनन्दन गरीएको हो । प्रेस संगठन नेपाल रुपन्देहीबाट प्रतिनिधित्व गर्दै केन्द्रिय परिषद सदस्यमा रुपन्देहीबाट विनोद पहाडी, सरु राना, रुद्रहरी कुृँवर, प्रदेश परिषद सदस्यमा कमल रायमाझी, दिपक गलामी र लुम्बिनी प्रदेश समितिमा भुवन कार्की र विन्दु कुमार चौहान निर्वाचित भएका थिए । यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीको कोषाध्यक्षमा संञ्जय सौगात विश्वकर्मा, सह–सचिवमा मायाँ केसी, सदस्यहरुमा कपिल अधिकारी, मोहन न्यौपाने, टंक सुनार, प्रकाश पाण्डे र राज चौधरी निर्वाचित भएका छन ।


निर्वाचित उमेद्धारलाई पार्टीका केन्द्रिय सदस्यद्वय बामदेव क्षेत्री र हकिकुल्लाह खाँ तथा माओवादी केन्द्र बुटवलका सचिव नारायण वञ्जाडेले संयुक्त रुपमा सम्मान पत्र र खादा सहित अभिनन्दन गरेका हुन । महासंघ रुपन्देहीमा नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ र क्रान्तिकारी पत्रकार महासंघले संयुक्त लोकतान्त्रिक–प्रगतिशिल प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । प्यानल निर्माण गर्दा संगठनको भागमा परेका सबै उमेद्धार विजयी भएका हुन । प्रेस युनियनको भागमा परेको महिला उपाध्यक्षमा भने प्रेस चौतारीबाट अमृता पाण्डेय निर्वाचित हुन सफल भएकी छन । पाण्डेयले प्रेस युनियनकी सञ्जु पौडेलललाई १ मतले पराजित गरेकी हुन ।




नयाँ शिराबाट पार्टी निर्माणको दिशामा लाग्नु पर्ने :क्षेत्री 

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले नयाँ शिराबाट पार्टी निर्माणको दिशामा लाग्नु पर्ने बताउनु भएको छ । शनिबार माओवादी केन्द्रको बुटवल उपमहानगर कमिटीको विस्तारीत बैठकमा बोल्दै उहाँले टुटफुटका कारण माओवादीको एजेण्डा स्थापित हुँदा पनि माओवादी कमजोर भएको बताउनु भयो । उहाँले एकताका लागि सम्पूर्ण माओवादी धारका पार्टीहरुलाई आह्वान समेत गर्नु भयो । उहाँले माओवादी पार्टीमा टुटफुटको अवस्थामा पनि अहंकार अझै नगएको दुखेसो गर्नु भयो । नेता क्षेत्रीले पार्टी भित्र सिद्धान्त भन्दा पनि व्यक्ति स्थापित हुने प्रचलन वढेकाले निरासा छाएको बताउनुभयो ।


उहाँले संगठन मातहत मान्छे हुनु पर्ने भन्दै अन्यथा कार्वाही गर्नु पर्ने बताउनु भयो । सो अवशरमा बोल्ने नेता कार्यकर्ताहरुले माओवादी प्रति जनताको भरोसा अझै सम्म कायमै रहेको भन्दै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेताहरुलाई सुझाएका थिए । अप्ठ्यारो पर्दा मात्रै कार्यकर्ता सम्झने अन्य समयमा वास्तै नगर्ने गरेको भन्दै उनिहरुले नेताहरु संग आक्रोस पोखेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युउताउने निर्णय गरे संगै दुवै पार्टीले पूर्ववत रुपमा गतिविधि गर्न थालेका छन ।



कमेन्ट गर्नुहोस्