लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘सडक बालबालिकाको संरक्षणमा सबै जुटाैँ’

IMG

२०७७ चैत २० गते  तिलोत्तमा । सडक बालबालिकाको संरक्षणमा सबै क्षेत्र एकजुट हुनुपर्ने एक कार्यक्रममा औल्याइको छ । सडक बालबालिकाको क्षेत्रमा काम गर्ने सस्था सिर्जनशिल संस्था नेपाल सिनले शुक्रबार सडक  बालबालिका मुक्त  नगर:  हाम्रो प्रयास र सरोकारवाला निकायको भुमिका विषयक कार्यक्रममा  बोल्ने बक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि  तिलोत्तमा नगरपालिका वडा नम्बर  ७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डेले मानव भएर सडकमा पिडादायी अवस्थामा रह्नु पर्ने बाध्य्ता देख्दा दुख लाग्ने बताउनुभयो ।



नागरिकहरु कोही सुख सयलमा बस्ने कोही सडकमा बस्नुपर्ने बाध्यता मानवियता नभएको भन्दै सस्थालाई तिलोत्तमा नगरले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पाण्डेले सस्थालाई भवन निर्माणार्थ जग्गा उपलब्ध गराएको बताउदै भवन निर्माणमा पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।सडक बालबालिकाको नागरिकता पाउने अधिकारका लागी सबै सरोकारवाला एकजुट हुन आबश्यक रहेको बताउनुभयो । नगरपालिकाले गर्नुपर्ने काममा सधै साथ सहयोग गर्ने बताउनुभयो। मानबअधिकार तथा शान्ती समाज रुपन्देहीका सभापति डि पी खनालले बालबालिकाहरु सडकमा आउने कारण पत्ता लगाई सचेतनाका कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।


पत्रकार कल्पना तिवारीले सञ्चार र कलमको माध्ययमबाट बालबालिकाको उद्धार र अधिकारको बिषयमा पुलको काम गर्ने बताउनुभयो ।

सिर्जनशिल सस्था सीन नेपालका प्रबन्धक प्रतिमा पन्थीले सडकमा आश्रित बालबालिकाको अवस्था बिषयक  कार्यपत्र प्रस्तुत गर्दै सडक बालबालिकाउद्वार, विमर्श, उपचार, शिक्षा, वृद्धि विकासको वातावरण, खेलकुद, सिर्जनात्मक कृयाकलाप परिवारसँग पुर्नमिलनका लागि संबाद, परामर्श र  सशक्तिकरण कार्यक्रम गरिएको जानकारी दिनुभयो। सडक बालबालिकाका बिपन्न परिवारलाई आयआर्जनको लागि सीप विकास तालिम आर्थिक सहायता लगायतका कार्यहरु गर्दै आएको बताउनुभयो । २०७३ फागुन र चैत्रमा सडक बालबालिकाको अवस्था पहिचान गरि १६४ जना बालबालिका,  ४ जना महिलाको सुरुवाती उछार कार्य गरेको स्मरण गर्दै पन्थीले हालम्म  पाल्पाका  ५ जना रुपन्देही १३५ जना जसमा सबैभन्दा बढी बुटवल उप महानगरपालिकाबाट  १०९ जनाको भैरहवा २ जना तिलोत्तमा २४ जना बालबालिकाको उद्धार गरिएको जानकारी दिइन् ।


सस्थाका अध्यक्ष प्रतिमा शर्माले कार्यक्रममा धन्यवाद व्यक्त गर्दै  हाल घरभाडा र एक वर्षभित्र भवन बनाउनको सहयो, शिक्षा,बालबालिकाका विपन्न परिवारलाई जिविकोपार्जन, सीप विकास तालिम ,चेतना मुलक कार्यक्रम,  लुगा , खाद्यन्न, औषधि उपचार, व्यवस्थापकीय खर्च लगायत जुटाउन कठिन भएको बताउनुभयो । सस्थाका महासचिब बिजु पौडेलले सरकारी बजेटले नपुगेको खर्च स्वयम सेवा, स्थानियय क्लब तथा आमा समुहसंग सहयोग जुटाउदै आईएको बताउनुभयो । सँस्थाका उपाध्यक्ष सबिना पोखरेलको स्वागतमा शुरु भएको कार्यक्रममा मानवअधिकार तथा शान्ती समाजका उपाध्यक्ष कृण्ण भट्टराई स्थानिय प्रहरि, आमा समुहका प्रतिनिधि लगायतको सहभागीता रहेको कार्यक्रममा सडक बालबालिकाहरुले आ आफनो प्रतिभा प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्