
२०७७ चैत २१ गते तिलोत्तमा । नेपाल पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्रगतिशल साझा गठबन्धनले रामराज पोख्रेलको नेतृत्वमा उम्मेद्वार घोषणा गरेको छ। नेपाल प्रेस यूनियनको नृेतत्वमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ, नेपाल र क्रान्तिकारी पत्रकार महासंघको संयुक्त साझा प्यानल शनिबार घोषणा भएको हो ।
अग्रमन, लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका पक्षधर पत्रकारहरुको प्यानलका रुपमा ५ वटा संगठनले उम्मेद्वार घोषणा गरेका हुन । उपाध्यक्षमा विश्वास ढकाल, महिला उपाध्यक्षमा सञ्जु पौडेल, सचिवमा विनोद परियार र कोषाध्यक्षमा सञ्जय सौगात रहेका छन । यसैगरि सहसचिव (खुल्ला) विरेन्द्र कुँवर, सहसचिव (समावेशी) माया केसी छन । यसैगरि खुल्ला सदस्यहरुमा शंकर पाण्डे, कविराज अधिकारी (कपिल), मोती न्यौपाने(मोहन्), प्रदीप आचार्य (ख), प्रकाश पाण्डेय, थानेश्वर घिमिरे (नविन), पुनहरि बेल्बासे र मान बहादुर कुँवर छन । यसैगरि समावेशि सदस्यहरुमा राधेश्याम विश्वकर्मा (मधेशी), टंक सुनार (दलित) , हरिकला अधिकारी (कमला) (महिला), सलमान खाँन (अल्पसंख्यक) र राज चौधरी (राजकुमार) (जनजाती) उम्मेद्वार बनेका छन ।
कमेन्ट गर्नुहोस्