लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेशनल सोसल वेयलफेयर अवार्डवाट युवा व्यवसायी गुरुङ सम्मानित

tillotmacitynews - 2021 Mar 29 08:42 PM
IMG

तिलोत्तमा २०७७ चैत्र १६ गते। सामाजिक, साँस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले वुटवलका युवा व्यवसायी तथा समाजसेवी सिद्धार्थ गुरुङलाई सोसल आन्ट्रपे्रनर एक्सीलेन्स आवर्ड २०२० को ट्रफी तथा सम्मानपत्रद्धारा सम्मान गर्नुभएको थियो ।समाजसेवामा विभिन्न माध्यमबाट साथ सहयोग पु¥याएको भन्दै सिजन मिडियाले समाजसेवी तथा युवा व्यवसायी गुरुङलाई सम्मानित गरिएको हो ।


वुटवलका उदयमान व्यवसायीका साथ साथै सामाजिक क्षेत्रमा समेत कृयाशिल हुँदै आईरहेका छन् ।वुटवलमा वसेर हाल उहा विभिन्न व्यवसायहरु गदै आउनु भएको छ भने सामाजिक सस्थाहरु लियो क्लव अफ तिलोत्तमा का अध्यक्ष साथै एन्फा रुपन्देहीको सदस्य र तमु युवा छोधीका अध्यक्ष समेत रहनु भएका गुरुङले कोरोना महामारीको वेलामा सडकका वालवालीका देखि लकडाउनको कारण रोजगारी गुमाएका सयौ मानिसहरुलाई आर्थीक तथा खाद्यन्न सहयोग गर्नुका साथै विभिन्न आश्रमहरुमा खाद्यान्न तथा नगद सहयोग गरी सामाजीक सेवामा अतुलनिय योगदान पु¥याउनु भएकोले उक्त अवार्ड पाउन सफल हुनु भएकोे हो ।साथै उक्त कार्यक्रममा सिजन मिडियाले समाजिक क्षेत्रमा क्रियाशिल एकल महिला ,अपांगता भएका व्यक्ति लगायत विभिन्न तह र तत्काबाट समाजिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गरेको हो ।

कमेन्ट गर्नुहोस्